राजनीति

    रवि लामिछानेले दल दर्ताको गर्यो, पार्टीलाई नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ र चुनाव चिह्न ‘गोलाकारभित्र घण्टी’

    नवलपुर टुडे
    २०७९ असार १७ | मध्यान्ह ०४:०३ बजे

      काठमाडौ । सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । दर्ता पश्चात शुक्रबार दल दर्ताको प्रमाणपत्र समेत आयोगले दिइएको छ ।

      पार्टीको नामका विरुद्धमा परेका २ उजुरी आयोगले खारेज गरेको छ । ऐनमा कतै पनि कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले बताए । उनले ।उक्त उजुरीको कुनै औचित्य नभएको आयोगले ठहर गरेको छ ।

      स्वतन्त्र शब्द दलको नाममा राख्न नहुने माग गर्दै आयोगमा लामिछानेको पार्टीविरुद्ध २ उजुरी समेत परेको थियो ।

        कमेन्टहरु