नवलपुरको बुलिङटारमा आफ्नै भतिजमाथि बन्चरो प्रहार

नवलपुर टुडे
२०७९ असार १७ | बिहान ०८:०३ बजे

नवलपुर । नवलपुरको पहाडी गाउँपालिका बुलिङटारमा काकाले भतिजलाई बन्चरो प्रहार गरि गम्भिर घाइते बनाएका छन् । बुलिङटार गाँउपालिका – ३ का ६४ बर्षिय पदम बहादुर कुमालले आफ्नै ३२ वर्षका भतिज देवीराम कुमाल माथि बन्चरो प्रहार गरिघाइते बनाएका हुन् ।
काका पदम कुमालले घरमा खाना खाइरहेका भतिज देवरामलाई पछाडीबाट टाउकोमा बन्चरो प्रहार गरेको बुलिङटार प्रहरी यस अनलाईनलाई जानकारी दिएको छ । बन्चरो प्रहारबाट गम्भिर घाइते भएका देवीराम कुमाललाई स्थानीय मेडिकलमा उपचारपछि थप उपचारका लागि पोखरा लगिएको छ ।
बन्चरो प्रहार गर्ने पदम बहादुर कुमाललाई बुलिङटार प्रहरीले पक्राउ गरि, घटनाका सम्वन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।





