मौसम

    देशको अधिकांश भू-भागमा वर्षाको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह

    नवलपुर टुडे
    २०७९ असार १७ | बिहान ०६:०३ बजे

      काठमाडौं, असार १७ । आज देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बिहान प्रदेश नं १, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

      यस्तै देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश १ का केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ ।

      नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

        कमेन्टहरु