देश

    भक्तपुरमा ११ लाख रुपैयाँ बराबरको गहना चोरी

    नवलपुर टुडे
    २०७९ असार १६ | मध्यान्ह ०२:०३ बजे

      काठमाडौं, असार १६ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरबाट बुधबार राति चोरी भएको छ ।

      गठ्ठाघरमा डेरा गरी बस्दै आएका पाँचथर थाङवरक गाउँपालिका–४ घर भएका ३५ वर्षीय ज्ञानबहादुर दाहालको कोठाबाट करिब ११ लाख रुपैयाँ बराबरको विभिन्न सुनका गहना बुधबार राति चोरी भएको हो । उनको कोठामा कोही नभएको बेला ढोकाको ताला फोडेर दराजबाट सुनका विभिन्न गहना चोरी भएको थियो ।

      उक्त खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

        कमेन्टहरु