मुख्य समाचार

    स्याङ्जामा गोठ भत्किँदा बहिनीको मृत्यु, दाजु घाइते

    नवलपुर टुडे
    २०७९ असार १६ | बिहान ०९:०३ बजे

      स्याङ्जा, असार १६ । स्याङ्जाको गल्याङ नगरपालिका-१० दुबिन डाँडामा बिहीबार बिहान घरसँगैको गोठ भत्किँदा एक जनाको मृत्यु भएको छ ।

      स्थानीय ढाकाराम भट्टराईको घर सहितको गोठ भत्किँदा उनकी १५ वर्षीया छोरी रेखा भट्टराईको मृत्यु भएको हो । घटना लगत्तै स्थानीयले रेखालाई गल्याङ नगर अस्पतालमा ल्याएकोमा अस्पतालले मृत घोषणा गरेको हो । सो घटनामा उनका १६ वर्षका दाजु लक्ष्मीकान्त भट्टराई घाइते भएका छन् ।

      आज बिहान ५ बजे गोठ भत्किदा १ लैनोभैसी र २ वटा पाठा पुरिएको स्थानीयबासीले जानकारी दिएका छन् । घटनाको थप विवरण आउन बाकी नै छ ।

      photo 2022 06 30 09 17 36

      photo 2022 06 30 09 17 37

        कमेन्टहरु