मनोरन्जन, समाचार

    असार २१ गते मिस्टर एण्ड मिस टिन परफेक्ट नवलपरासी २०२२ को ग्राण्ड फिनाले हुने

    नवलपुर टुडे
    २०७९ असार १५ | मध्यान्ह ०९:०३ बजे

      नवलपरासी । रोयल क्राउन इवेंट्स एंड क्रिएशनको आयोजनामा भएको मिस्टर एण्ड मिस टिन परफेक्ट नवलपरासी – २०२२ को ग्राण्ड फिनाले असार २१ गते मंगलबार परासीमा हुने भएको छ ।

      आयोजकले शनिबार एक विज्ञप्ती जारी गर्दै, मिस्टर एण्ड मिस टिन परफेक्ट नवलपरासी २०२२ को ग्राण्ड फाइनल कार्यक्रम असार २१ गते मंगलबार हुने जनाएको छ । मिस्टर एण्ड मिस टिन नवलपरासी प्रतियोगितामा टप १० फाइनलिस्टमा रिंकी आग्रहरी, शुभम गुप्ता, आइशा सिंह, संतोष कुमार बनिया, सामना चौधरी, अमित यादव, सोर्णिमा चौधरी, बीरेंद्र यादव, संजना चौहान, अविनाश गौड अन्तिम चरणसम्म पुगेका छन् ।

      मिस्टर एण्ड मिस टिन नवलपरासी – २०२२ का लागि ग्राण्ड फिनाले असार २१ गते मगलवार साझ ०५ बजेदेखि परासीस्थित उद्योग वाणिज्य महाङ्घको सभाहलमा हुने भएको छ ।

      प्रतियोगिताले आफू भित्र रहेको क्षमता, आत्मविश्वास र मोडलिङ क्षेत्रमा अघि बढ्ने चाहनालाई सही दिशा र यसैमा भबिस्य खोज्नेहरुका लागि नवलपरासी क्षेत्रमै मिस्टर एण्ड मिस टिन नवलपरासी -२०२२ एउटा सुनौलो अवसर रहेको यस कार्यक्रमको आयोजक संस्थाका प्रमूख कार्यकारी निर्देशक नारायण प्रताप चाैहानले यस अनलाईनलाई बताए ।

      कन्टेष्टेन्टहरुको क्रमशः फोटो

      photo 2022 06 29 20 43 43photo 2022 06 29 20 43 41photo 2022 06 29 20 43 34photo 2022 06 29 20 43 32photo 2022 06 29 20 43 31photo 2022 06 29 20 43 36photo 2022 06 29 20 43 29photo 2022 06 29 20 43 27photo 2022 06 29 20 43 25photo 2022 06 29 20 43 23

      photo 2022 06 29 20 43 22 1

        कमेन्टहरु