समाज

    परासीको रामखण्डा खोला सरसफाई, बाढीबाट जोगीन राहत

    नवलपुर टुडे
    २०७९ असार १५ | मध्यान्ह ०६:०३ बजे

      रामजी प्रजापति
      नवलपरासी, असार १५ । परासी रामग्रामस्थित रामखण्डा खोलाको किनार सरसफाई गरिएको छ । बर्खाको समयमा पानी पर्दा खोलामा विभिन्न झारपात बस्तु जस्ता अड्किएर रहदा पानी जाम भएर खेत तथा बस्तिमा डुबान पर्ने हुदा, सरसफाई गरिएको हो ।

      खोलामा जलकुम्भी झार जस्ता बिभिन्न बस्तो रहेको थियो । ती बस्तुहरुले सजिलै बाढिलाई निकास नदिने हुनाले जाम परि डुबान पार्ने, तथा खोलामा बाढि आउन साथ परासी रामग्राममा रहेको आर्मी क्याम्प, पुलिस क्याम्प लगायत धेरै घरहरु डुबानमा पर्ने गर्छ । त्यसैले यसबर्ष मनसुन सुरु हुन साथ जिल्लाका विभिन्न संघसस्था र स्थानीयहरुको आवाजलाई मध्येनजर गर्दै, रामखण्डा खोलाको किनार समयमै सरसफाई गरिएको हो ।

      सरसफाई कार्यक्रममा नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलको प्रमुख आतिथ्यमा रामग्राम नरगपालिकाका मेयर धनपत यादव, गोरखदल गण परासीबाट प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठको कमाण्डमा ४५ जना, यस कार्यालयबाट कार्यालय प्रमुख प्र.उ. ऋषीराम कडेलको कमाण्डमा ४५ जना र स.प्र. बल. नेपाल नं. २६ गण हे. क्वा. नवलपरासीबाट स.प्र.ना.उ. रोशन घिमिरेको कमाण्डमा ४७ जना गरी १३७ जना सुरक्षा निकायका टोली, जनप्रतिनिधीहरु, स्थानियहरु र संचारकर्मीसमेतको उपस्थितीमा सम्भावित बाढी तथा डुवानलाई मध्यनजर गरी रामखण्डा खोला सरसफाई गरिएको छ ।

      photo 2022 06 29 18 47 09photo 2022 06 29 18 43 38

        कमेन्टहरु