मनोरन्जन

    सनन् सनन् ,नैनासे नैनाको अपार सफलतापछि पुनः चलते चलते थारु गीत बजारमा ल्याउदै, द कन्टेन्ट नेपाल

    नवलपुर टुडे
    २०७९ असार १५ | मध्यान्ह ०५:०३ बजे

      रामजी प्रजापति
      परासी, असार १५ । द कन्टेन्ट नेपालले थारु गीत सनन् सनन् नैनासे नैनाको अपार सफलतापछि फेरी “चलते चलते” नामक गीतको भिडियो बजारमा ल्याउदैछ । उक्त भिडियो धेरै पृथक रहेको छ । एस भिडियोबाट समाजमा घटिरहेको घटनाहरुलाई कसरी न्यूनीकरण गर्न सकिन्छ । ती कथा बस्तुमा भिडियो छायांङ्कन भएको डाइरेक्टर भुपेन चौधरीले यस मिडियालाई जानकारी दिनुभएको छ।

      एस भिडियोमा लभमा (प्यारमा) परेर धेरै जना कुलतमा फस्ने, घर परिवारलाई डराउने धम्काउने यो केटा वा केटीलाई पाएन भने मर्ने धम्की दिने त कतिले ज्यान गुमाउनेसमेत गरेको कथा बस्तुमा बनेको छ । सामाजमा यस्ता ब्यक्ति, नव युवालाई यदि यस्तो समस्या पर्यो भने कसरी जीवन यापन गर्ने भनेर यस भिडियोमा दर्शाएको छ ।

      भिडियोमा बहु चर्चित नेपाली कलाकार देश बिदेशमा आफ्नो कलाको प्रस्तुति देखाएर धेरै दर्शकहरुको मन जित्न सफल रहेका निक्स शर्माले भिडियो “चलते चलते” भिडियोमा मुख्य भुमिका प्रस्तुत गरिएको छ ।

      मण्डला थिएटर काठमाडौमाबाट पढाइ गरेर परासीका चर्चित कलाकार अनिल कुर्मी धेरै भिडियोहरु गरेर उहाँलेपनि थारु गीतमा आफ्नो कला प्रस्तुत गरेका छन् भने तेस्तै गरि फिमेल कलाकारमा चन्द्रकला कटुवालको बेजोड प्रस्तुति देख्न सकिन्छ। नेपाली, भोजपुरी, थारु, हिन्दी भाषाको सर्ट फिल्म म्युजिक भिडियोमा अभिनय गरेका रामजी प्रजापतिलाईपनि देख्न सकिन्छ ।

      यो म्युजिक भिडियाेमा – निर्देशक/छयाँकन: भुपेन चौधरी, सह : निर्देशक: अभिषेक सेन, क्यामेरा सहयोगी : अशोक के परियार, मेकप/कस्टुम: उषा चौधरी र प्रोडक्शन म्यानेजरको काम आशिष गुरुङ्गले गरेका छन।

      photo 2022 06 29 17 16 17

        कमेन्टहरु