दाङमा पत्नीलाई पेट्रोल छर्केर आगो अगाएको आरोपमा पति पक्राउ

नवलपुर टुडे
२०७९ असार १५ | मध्यान्ह १२:०३ बजे

दाङ, असार १५ । दाङको तुलसीपुरमा आफ्नै पत्नीलाई पेट्रोल छर्केर आगो अगाएको आरोपमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ४२ वर्षीय उज्वल चनारा रहेको प्रहरीले जानकारी दिएको छ।
चनाराले मंगलबार दिउँसो घरमै शरीरमा पेट्रोल छर्केर २८ वर्षीया पत्नी माया श्रेष्ठलाई आगो लगाएका थिए । मायाको हात र खुट्टा जलेको छ। उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
चनारालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएके इलाका प्रहरी कार्यालय तुलसीपरले जनाएको छ।





