देश

    बालुवाटारको एक भवनमा आगलागी, आगो निभाउन ५ वटा दमकल परिचालन

    नवलपुर टुडे
    २०७९ असार १५ | बिहान ०९:०३ बजे

      काठमाडौं, असार १५ । काठमाडौंको बालुवाटारमा आगलागी भएको छ । बालुवाटारमा रहेको सुनौलो परिवार नेपाल कार्यालयको भवनमा आगलागी भएको हो ।

      बिहानैदेखि आगलागी भएपनि के कारणले आगलागी भयो भन्ने खुलेको छैन । आगो सुनौलो परिवार नेपालको स्टोरबाट सल्किएको थियो । 

      ५ वटा दमकल प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

        कमेन्टहरु