मुख्य समाचार

    बाढीले नारायणगढ-बुटवल सडकखण्डअन्तर्गत तीन डाइभर्सन बगाउदा सडक अबरुद्ध

    नवलपुर टुडे
    २०७९ असार १५ | बिहान ०८:०३ बजे

      नवलपुर, असार १५ । अविरल बर्षासगै आएको बाढीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड अबरुद्ध भएको छ ।

      आज विहान ६ बजे विनयीत्रिवेणी गाँउपालिका – १ स्थित जमुने खहरे खोला, मध्यविन्दु नगरपालिका १० स्थित ठूलो खहरे र सानो खहरे खोलामा पुल निर्माणका लागि बनाइएका तीनवटा डाइभर्सन बगाउँदा सडकखण्ड अबरुद्ध भएको हो ।

      अहिले पूर्वपश्चिम राजमार्गको दुवैतर्फको सवारी आवागमन अवरुद्ध भएको छ । अहिले दुम्किबासबाट खटिएको प्रहरी टोलीले राजमार्ग खुलाउने प्रयास गरिरहेको छ ।

        कमेन्टहरु