देश

    चितवनमा खोलाले बगाएर एक महिलाको मृत्युु

    नवलपुर टुडे
    २०७९ असार १४ | मध्यान्ह ०७:०३ बजे

      चितवन, असार १४ । चितवनमा खोलाले बगाएर एक महिलाको मृत्युु भएको छ । चितवनको रत्ननगर नगरपालिका – १४ माधबपुर घर भई हाल खैरहनी नगरपालिका – १ साहीचोक बस्दै आएकी अन्दाजी ३४ वर्षीय कल्पना श्रेष्ठ रिजालको खोलाले बगाएर मृत्यु भएको हो ।

      सोमबार दिउँसो करिब सवा ३ बजेको समयमा चितवनको खैरहनी नगरपालिका – ६ तुल्सीपुरस्थित लदरी खोलामा न्युरो टिप्न जाँने क्रममा रिजाललाई खोलाको डिलबाट चिप्लिएर लडि बगाएको थियो । खोलाले बगाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खैरहनीबाट प्रहरी निरीक्षकको कमान्डमा १५ जनाको उद्दार टोली खटिएको थियो ।

      प्रहरीले खोज तलास गर्ने क्रममा पौने ४ बजेतिर कल्पनाको शव घटनास्थलदेखि करिब १० मिटर तल खोलामा फेला पारिएको हो । प्रहरी र स्थानीयको सहयोगमा शवको मुचुल्का लगायत प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी पोस्टमार्टमको लागि शवलाई जिल्ला अस्पताल भरतपुरतर्फ पठाइएको छ ।

        कमेन्टहरु