रुपन्देहीमा चट्याङ लागेर एकजनाको मृत्यु

नवलपुर टुडे
२०७९ असार १४ | मध्यान्ह ०२:०३ बजे

बुटवल, असार १४ । रुपन्देहीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको सियारी गाउँपालिका-२ का ४५ वर्षीय रामनाथ बरईको चट्याङ लागेर मृत्यु भएको हो ।
मंगलबार बिहानै खेतमा काम गर्न गएका बेला चट्याङ लागेर बरईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले बताए ।
मृतक बरईको शव पोस्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।





