समाचार

    तनहुँ ऋिसिङका एक जना २२ दिनदेखि बेपत्ता, खोजी गर्न परिवारको आग्रह

    नवलपुर टुडे
    २०७९ असार १४ | मध्यान्ह १२:०३ बजे

      नवलपुर । तनहुँबाट एक जना मानिस हराएको छ । हराउनेमा ऋिसिङ गाउँपालिका – ५ का तनहुँ दमौली प्रभु बैक शाखामा कार्यरत बर्ष ३१ का राम बहादुर श्रेष्ठ रहेका छन ।

      ऋिसिङ गाउँपालिका – ६ स्थायी घर भएपनि रोजगारीको शिलशिलामा तनहुँ दमौली झापुटार बस्दै आईरहेको उनि गत जेष्ठ २२ गते राति ११ बजेदेखि हराए रहेको परिवारले बताएका छन । उनको खोजी कार्य गरेपनि हालसम्म नभेटाएको परिवारले जनाएको छ ।

      परिवार श्रोतका अनुसार उनी डिप्रेशनको औषधी सेवन गर्दै आएका थिए । श्रेष्ठ अन्दाजी ५ फिट २ ईन्च भएका राताे वर्णका छन । उनकाे परिवारले प्रहरी प्रशासन तथा अन्य विभिन्न संचार माध्यमहरुबाट खोजतलास गर्दासमेत सम्पर्कमा नआएपछि परिवार चिन्तित छन ।

      सो ब्यक्तिलाई देख्नु भएमा नजिककाे प्रहरी कार्यालय वा परिवारको निम्न माेबाईल नम्बरमा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेका छन ।
      9827111172
      9869465738
      9800788656

        कमेन्टहरु