समाज

    लक्ष्मण ललिता कुशवाहा विद्यालयद्वारा सिरहाको नवनिर्वाचित सदस्यहरुलाई सम्मान

    नवलपुर टुडे
    २०७९ असार १४ | बिहान ०८:०३ बजे

      लहान । लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालय लहान -३ रघुनाथपुरले सिरहा जिल्ला समन्वय समिति सिरहाको नव निर्वाचित प्रमुख दिनेश महताे, लहान नगरपालिकाको नव निर्वाचित नगर प्रमुख महेश प्रसाद चाैधरी उप-प्रमुख राम चलितर महताे, वडा अध्यक्ष रामदयाल महताेलाई विद्यालय व्यवस्थापक समितिकाे अध्यक्ष राम नारायण मेहता संस्थापक लक्ष्मण मेहताले दाेसाला अाेढाएर सम्मान गरेका थिए।

      कार्यक्रममा जिल्ला समन्वय समितिकाे प्रमुख दिनेश महताेले आफू यस जिल्लाकाे चाैतर्फी विकासमा निरन्तर लागेर दिगो विकासकाे अवधारणा अनुरुप विकास गर्ने जस अन्तरगत शिक्षाकाे विकास पहिलो प्राथमिकता रहेकाेले उक्त विद्यालयकाे विकासकाे लागि सक्दाे सहयाेग गर्ने बताउनु भयाे ।

      लनपा मेयर महेश प्रसाद चाैधरीले शिक्षामा गुणात्मक सुधार ल्याउन विद्यालयमा खाजा कार्यक्रम, दलित वस्तिमा ट्युसन कक्षा र शिक्षक अपुग भएकाे विद्यालयमा लनपाबाट शिक्षक नियूक्ति गरेर पठनपाठन प्रभावकारी बनाउन लागेकाे कुरा ब्यक्त गर्नु भयाे । लनपा उपप्रमुख राम चलितर महताेले याे विद्यालय नेपाल र भारतमा प्रख्यात रहेको सगरमाथा चाैधरी आँखा अस्पतालकाे नजिकै रहेकाेले यसलाई सुविधायूक्त, सुन्दर,गुणस्तरीय बनाउनु पर्नेमा जाेड दिनुभयो यसकाे लागि लनपाबाट सहयाेग गर्ने जनाउनु भयाे ।

      साधै विद्यालयकाे पुर्व दिशामा बनाएकाे नवनिर्मित सुविधा सम्पन्न कार्यक्रम हल संस्थापक दाता लक्ष्मण मेहताले रिवन काटेर उद्घाटन गर्नु भयोे । कार्यक्रमकाे अन्तमा विद्याालय व्यवस्थापन समितिकाे अध्यक्ष राम नारायण मेहताले याे विद्यालय शिक्षा क्षेत्रमा छुट्टै ठाेस याेगदान पुर्‍याउन अगाडि बढीरहेकोले यसकाे भाैतिक पक्षकाे विकासमा लनपाबाट सहयोग भए विद्यालयकाे थप विकासमा सहयोग हुने जनाउनु भयाे ।

      त्यस्तै लहान वडा नं ८ मा रहेकाे कुशवाहा नेवी ठकनी सदनले आयाेजना गरेकाे सम्मान कार्यक्रममा दाता लक्ष्मण मेहता प्रमुख अतिथि विश्वनाथ महताेले जिल्ला समन्वय समितिकाे प्रमुख दिनेश महताे र लहान नपा उप प्रमुख राम चलितर महताे, वडा नं ३ काे वडा अध्यक्ष राम दयाल महताे लगायत कुशवाहा समाजबाट नव निर्वाचित जन प्रतिनिधिहरुलाई दाेसाला अाेढाएर सम्मान गरेका थिए ।

      कार्यक्रममा लनपा उपमेयर महताेले यस सदनकाे विकासको लागि लनपाबाट दस लाख सहयोग गर्ने घाेषणा गर्नुभयाे भन्ने जिल्ला समन्वय प्रमुख महताेले यस जिल्लामा रहेको सराेकारवाला सबै संस्थाबाट जिल्ला बासीलाई प्रभावकारी सेवा प्रदान गराउन आफू निरन्तर लागि रहने जनाउनु भयाे ।

        कमेन्टहरु