समाचार

    ईन्डो नेपाल संघ र गण्डक पारी क्षेत्रका पत्रकारहरुको सयुक्त विस्तारित बैठक त्रिबेणीमा सम्पन्न

    नवलपुर टुडे
    २०७९ असार १३ | मध्यान्ह ०९:०३ बजे

      अारपि उपाध्या/नन्दु यादव
      नवलपुर, असार १३ । ईन्डो नेपाल पत्रकार संघ र गण्डक पारी क्षेत्रकाे पत्रकारहरुको सयुक्त विस्तारित बैठक नेपालकाे पुर्वी नवलपरासीको त्रिबेणी धाम अन्तर्गत गजेन्द्र मोक्ष धाममा सम्पन्न भएको छ । ईन्डो नेपाल पत्रकार संघका अध्यक्ष कौशल कुमारको अध्यक्षता तथा स्वामी कृष्ण प्रपनाचार्यकाे प्रमुख अतिथ्यामा बैठक सम्पन्न भएको हो ।

      सो अवसरमा करपात्री स्वामी कृष्ण प्रपन्नाचार्यले सिमा क्षेत्रमा हुने धार्मिक र विकासका क्रियाकलापलाई नेपाल र भारतका पत्रकारहरुले उजागर गर्नुपर्ने धारणा राख्नुभयो । प्रपन्नाचार्यले संस्कृत र संस्कारको रक्षा सकिए भावी पुस्तालाई त्यसबाट ठुलो शिक्षा लिन नपाउने धारणा राख्नुभयो । साथै पत्रकारहरुले ईमानदारीता तथा निस्वार्थ रुपले पत्रकारिता गरेर देश र जनताकाे बिकासमा मुख्य भुमिका खेल्न सकिने बताउनुभयाे ।

      धार्मिक क्षेत्रतिर समेत कलम चलाईदिन अाग्रह गर्दै प्रपन्नाचार्यले नेपाल भारत देश बिच मधुर सम्बन्धलाई कायम राख्न पत्रकारकाे महत्त्वपूर्ण भुमिका रहने बताउनु भयाे । त्रिबेणी धामलाई पर्यटकिय स्थलकाे रुपमा पहिचान गराउनसमेत पत्रकारहरुकाे महत्त्वपुर्ण भुमिका रहेकाे उहाँले बताउनु भयाे ।

      उता बिहार राज्यसँग जाेडिएकाे त्रिबेणी धामकाे बैरेज नाकामा भारतीय तथा नेपालकाे सुरक्षाकर्मीहरुले चेकजाचकाे नाममा अावतजावत सहज नभएकाेले धार्मिकस्थलहरु धरापमा पर्न लागेकाे चिन्ता ब्यक्त गर्दै अावतजावतलाई सहज बनाउन सबै पत्रकार हरुले कलम चलाउनु प्रपन्नाचार्यले अाग्रह गर्नु भयाे ।

      तिर्थालुहरु सहज रुपमा नअाए धार्मिक स्थलहरुकाे महत्व हराउदै जाने उहाँको भनाई छ । कार्यक्रममा भारत विहारका वरिष्ट पत्रकार माधवेन्द्र पाण्डे, चन्द्रभुषण, रविस मिश्रा, नेपालका पत्रकारहरुको तर्फबाट आरपि उपाध्याय, उमाकान्त गिरि लगायतले सिमा क्षेत्रमा हुने अवैध गतिविधिलाई नियन्त्रण गर्न दुबै देशका प्रशासनलाई सचेत गराउनुपर्ने धारणा राख्नुभएको थियो ।

      सो अवसरमा नेपाल भारतका गरी ३० जना पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रमलाई पत्रकार नन्दु यादवले सन्चालन गर्नु भएकाे थियाे ।

        कमेन्टहरु