समाज

    कृष्णनगरमा जेष्ठ नागरिक सरोकारवालाहरूबीच एक दिने छलफल कार्यक्रम सम्पन्न

    नवलपुर टुडे
    २०७९ असार १३ | मध्यान्ह ०८:०३ बजे

      कृष्णनगर, अषाढ १३ । कपिलवस्तुको कृष्णनगरमा जेष्ठ नागरिक सरोकारवालाहरूबीच एक दिने छलफल कार्यक्रम सम्पन्न भएको छ । कृष्णनगर नगरपालिकाको आयोजनामा संचालन भएको उक्त कार्यक्रम वडा नं ३ स्थित कृष्णनगर स्वास्थ्य चौकीको सभाहलमा सम्पन्न भएको हो ।

      कार्यक्रममा जेष्ठ नागरिकको परिभाषा, जेष्ठ नागरिकको आवश्यकता, जेष्ठ नागरिकसँग हुन सक्ने दुर्व्यवहार, जेष्ठ नागरिकका समस्याहरू, जेष्ठ नागरिकका समस्या समाधानका उपायहरू, जेष्ठ नागरिकलाई राज्यले दिएका सेवा सुबिधाहरू लगायत अन्य बिषयमा कृष्णनगर नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले उपस्थित माझ प्रकाश पारेकी थिइन् ।

      ३० भन्दा बढी जेष्ठ नागरिक तथा सरोकारवालाहरूको सहभागिता रहेको उक्त कार्यक्रममा जेष्ठ नागरिकको समस्याका बारेमा उपस्थित माझ छलफल गराएको र उठेका सवालको सहजीकरण थुमा देवी उपाध्यायले गराइन्

      जेष्ठ नागरिक भवन निर्माण, धार्मिक एवम् ऐतिहासिक स्थलको व्यवस्था, जेष्ठ नागरिक वडा स्तरीय समिति एवम् पालिका स्तरीय संजाल गठन लगायत सुझाव उपस्थित जेष्ठ नागरिकबाट आएको थियो ।

        कमेन्टहरु