समाचार

    उपमेयर महतोद्वारा पोखरी सौर्न्दर्यकरण अनुगमन, टुक्रा ईटा प्रयोगमा लगाए रोक

    नवलपुर टुडे
    २०७९ असार १३ | बिहान ०७:०३ बजे

      महेश सिंह
      सिरहा । सिरहाको लहान नगरपालिका -१८ स्थित पोखरीया गडमा पोखरी सौर्न्दर्यकरणको काममा टुक्रा ईट्टा प्रयोग भएको उपमेयर राम चलितर महतो अनुगमनमा जादा फेला पारेको छ ।

      वन तथा प्रर्यटन मन्त्रालय मधेस प्रदेश सरकारको सुचिकृतमा रहेको प्रर्यटक क्षेत्र पोखरीया गडमा श्रमदान सहित ४० लाखमा निर्माण भई रहेको पोखरी सौर्न्दर्यकरणको काममा टुक्रा ईट्टा मात्र प्रयोग भएको र ढलानमा कम मात्रामा सिमेन्ट प्रयोग गरेर काम गरिरहेको अनुगमनमा गएका उपमेयर राम चलितर महतोले फेला पारेका छन्।

      एसटिमेट अनुसार काम नभएको अनुगमनमा जादा तथ्य फेला पारेको हो । उक्त निर्माण कार्यको उपभोक्ता समितिका अध्यक्ष प्रमोद कुमार यादव, काम सहयोगी स्थानीय हृदय नारायण महतो लगायत ब्यक्तिहरु उपभोक्ता सदस्यमा रहेका छन्।

      लहानका उपमेयर राम चलितर महतोले अनुगमनमा जादा मन्दिर पर्यटन र धार्मिक स्थल भएकोले काममा कमि कमजोरी नगर्न र कामलाई गुणस्तरीय बनाउन उपमेयर महतोले निर्देशन दिएका हुन् । अनुगमनमा उपमेयर महतो र लहान – १८ का वडा अध्यक्ष मो.समशेर लगायतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो । लहानमा अनुगमनको काममा ढिलाई नगरी निरन्तर रहने उनले बताए।

      photo 2022 06 27 07 20 00

      photo 2022 06 27 07 20 02

        कमेन्टहरु