देश

    पश्चिम नवलपरासीको सिमा नाकाबाट सेटिङमा व्यापक तस्करी

    नवलपुर टुडे
    २०७९ असार १२ | मध्यान्ह १०:०३ बजे

      रामजी प्रजापति
      नवलपरासी । पश्चिम नवलपरासीको भारतबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमत्तोमा ब्यापकरुपले तस्करी हुदै आएको छ । नवलपरासीको गेर्मा नाकाबाट सशस्त्र र नेपाल प्रहरीको मिलोमत्तोमा तस्करी मौलाउदै आइरहेको स्थानीय प्रत्यक्षदर्शीहरुले जानकारी दिएको छन। दिनहुँ तस्करहरु भारतबाट नेपालतर्फ अबैध सामान ल्याईएको पाईएको छ।

      गेर्मा पुलिस र सशस्त्र प्रहरीद्वारा अहिलेको सबैभन्दा ठूलो परिमाणको तस्कर गर्ने मुखिया अशोक भनेर चिनिने तस्करलाई तल देखि माथिको सेटिङमा सशस्त्र तथा नेपाल प्रहरीले तस्करहरुलाई लाईन मिलाएर तस्करी गराईरहेको पाईएको छ । गेर्मा नाकाबाट दिउँसो मोटरसाईकल प्रयोग गरि तस्करहरुले टायल, हार्डवेयरका समान, कपडा, माछा, चिनि तथा अन्य सामान नेपालतर्फ ल्याउने गरेको पाइन्छ ।

      त्यसै गरि गेर्माका सशस्त्र प्रहरीका इन्सपेक्टर र सईले मनोमानी ढङ्गले आफ्नो जवानलाई खटाएर तस्करीहरुलाई सहायता गर्दै आईरहेका छन ।जवानहरुमार्फत हरेक तस्करसँग पैसा असुलेर सईलाई र ईन्सपेक्टरलाई बुझाउने गरेको नाम नबताउने शर्तमा सशस्त्र प्रहरी जवानले बताए । उक्त नाकाबाट दिनहुँ तस्कर गरि सामान खुल्लारुपले सिमाना कटाउने पाईएको छ । यस सम्बन्धमा पटक पटक समाचार प्रकाशित गर्दै आईरहेपनि सम्बन्धित निकायको ध्यान पुगिरहेको छैन ।

      त्यसै गरी पडरी नाकाबाट भैसीको हुलसहित भन्सार छलि तस्करी गराईरहेको छ । यी नाकाबाट पनि तस्करीहरुले सिमा नाकाको सुरक्षा जिम्मा पाएका सशस्त्र प्रहरीको सेटिङमा तस्कर भैरहेको छ ।

        कमेन्टहरु