देश

    सिरहामा २७ किलो गाँजासहित दुई जना पक्राउ

    नवलपुर टुडे
    २०७९ असार १२ | मध्यान्ह ०९:०३ बजे

      सिरहा, असार १२ । सिरहामा प्रतिबन्धित लागूऔषध गाँजासहित प्रहरीले दुई जनालाई गरेको छ । जिल्लाको धनगढीमाई नगरपालिका – १४ हात्तीढुङ्गाबाट २७ किलो ६५० ग्राम गाँजा सहित दुई जनालाई पक्राउ गरेको हो ।

      पक्राउ पर्नेमा ३४ वर्षिय राम सागर साह र ३० वर्षिय चंखु सदाय रहेका छन् । ईलाका प्रहरी कार्यालय धनगढीमाई – १२ बिष्णुपुरकट्टीबाट खटिएको गस्ती टोलीले उनीहरु सवार स.३ प.७७९६ नम्वरको मोटरसाईकललाई चेकजाँच गर्दा दुई वटा सेतो बोरा भित्र लुकाई छिपाई ल्याउँदै गरेको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

      उनीहरुमाथी सिरहा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु