गुल्मी सिद्धबाबा माध्यमिक बिद्यालयद्वारा अभिमुखीकरण तालिम सम्पन्न


इन्द्रजित नेपाली
गुल्मी, असार ११ । गुल्मीको श्री सिद्धबाबा माध्यमिक बिद्यालत खानीगाउँ वडा नः ८ ले अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा धेरै अभिभावकको उपस्थिति रहेको थियो ।
काठमाडौंबाट आउनु भएको postive vibraton का CEO Motivational Speech प्रितम पौडेलले तालिम दिनु भएको थियो भने, कार्यक्रममा जिल्ला शिक्षाबाट श्री पशुपती आचार्य र श्री सिद्धबाबा माध्यमिक बिद्यालयका सस्थापक श्री तिल बहादुर थापा र विभिन्न मान्नेजनको गरिमामय उपस्थिति रहेको थियो । कार्यक्रम ईन्देणी पाटी प्यालेसमा भएको थियो।
कार्यक्रममा अभिभावकले आ-आफ्नो बिचार पनि राख्नु भएको थियो । कार्यक्रम निकै लाभदायक भएको अभिभावकहरुले बताउनु भयो । र यस्तै कार्यक्रम फेरि पनि गुल्मीमा लिएर आउन अनुरोधसमेत गरे ।कार्यक्रमको मुख्य लक्ष्य शिक्षक अभिभावक र बालबालिका बीचको सम्बन्ध कस्तो हुनुपर्छ र बालबालिकालाई कस्तो व्यवहार गर्नु पर्छ । आफ्नो बालबालिकालाई कसरी motivate गर्ने भन्ने कुरा प्रोजेक्टरबाट बिभिन्न भिडियोहरु देखाई अभिभावकहरुलाई सम्झाईएको थियो ।
कार्यक्रमको संचालन टीका खड्काले गर्नुभएको थियो भने कार्यक्रमको समापन सस्थापक श्री तिल बहालुर थापाले गर्नु भएको थियो ।





