अर्थ

    डिजेलमा २८ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर घटाउने सरकारको तयारी

    नवलपुर टुडे
    २०७९ असार ११ | मध्यान्ह १२:०३ बजे

      काठमाडौँ, असार ११ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ । शनिबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले पेट्रोलियम पदार्थमा लगाएको कर घटाएर पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारलाई निर्देशन दिएको थियो ।

      त्यही निर्देशनका आधारमा सरकारले शनिबारकै दिनदेखि पेट्रोलियम पदार्थमा लगाएका करहरू कटौती गर्ने सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । आज राती १२ बजे देखि नै मूल्य समायोजन हुने भएको छ ।

      यससम्बन्धी घोषणा गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले केही बेरमै पत्रकार सम्मेलन गर्दैछन् । सरकारले डिजेलमा २८ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ कर समायोजन गर्ने तयारी गरिएको छ ।

        कमेन्टहरु