कपिलवस्तुमा बस दुर्घटना हुँदा ८ जना घाइते

नवलपुर टुडे
२०७९ असार ११ | बिहान ११:०३ बजे

कपिलवस्तु, असार ११ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा नजिकै वनकट्टीमा शनिबार बिहानै बस दुर्घटना भएको छ ।
काठमाडौंबाट सुर्खेतका लागि छुटेको बस दुर्घटना हुँदा ८ जना सामान्य घाइते भएका छन् । बिहान करिब ६ बजेको समयमा ना८ख १३६ नम्बरको बस सडक छेउमा पल्टिएको हो ।
४३ जना सवार उक्त बस तीव्र गतिका कारण आफैं अनियन्त्रित भइ दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय चन्द्रोटाले जनाएको छ । रासस





