त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सय ग्राम सुनसहित एक जना पक्राउ

नवलपुर टुडे
२०७९ असार १० | मध्यान्ह ०३:०३ बजे

काठमाडौं, असार १० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०० ग्राम अवैध सुनसहित एक जना पक्राउ परेको छ ।
ओमनबाट सलाम एयरवेजको उडान ४२७ मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका सिराहाका निरन्जन कुमार सिंहले सनसिल्क सेम्पुको डब्बाभित्र सेम्पु (झोल)सँगै मिसाई १०० ग्राम सुन लुकाइ छिपाइ अवैधरुपमा ल्याएको खुलेको हो ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले चेकजाँच गर्ने क्रममा उनको साथबाट लुकाइ छिपाइ अवैधरूपमा ल्याउँदै गरेको १०० ग्राम सुन बरामद भएको हो । सुनसहित उनलाई भन्सार कार्यालयले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढाएको छ ।





