देश

    आन्दोलनकारीहरुमाथि कारबाहीमा उत्रने सुरक्षाकर्मीलाई नोटिसमा राख्ने छौं : योगेश भट्टराई

    नवलपुर टुडे
    २०७७ माघ १९ | मध्यान्ह ०८:१० बजे

      माघ १९,काठमाडौं ।
      नेकपा प्रचण्ड माधव पक्षको केन्द्रीय संघर्ष समितिले अनेरास्ववियूका नेता प्रसुन कार्कीलाई प्रहरीले कुटपिट गरेको घटनाको भर्त्सना गरेको छ।

      केन्द्रीय संघर्ष समितिका प्रवक्ता योगेशकुमार भट्टराईले सोमबार प्रेसनोट जारी गर्दै कार्कीमाथि भएको घटनाको निन्दा गरेका हुन्।

      प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंवैधानिक र प्रतिगामी कदमविरुद्ध आयोजित शान्तिपूर्ण कार्यक्रममा सहभागी नेता कार्कीलाई प्रहरीले पक्राउ गरी कुटपिट गरेको भट्टराईको दाबी छ ।

      उनका अनुसार प्रहरीको कुटाइबाट कार्कीको आँखा र अनुहारमा गहिरो चोट लागेको छ। ‘यस्तो निन्दनीय कार्य गर्ने प्रहरीमाथि कार्वाही गर्न माग गर्दछौं । आन्दोलनकरीहरुमाथि कारबाहीमा उत्रने कुनै पनि ब्यक्ति र सुरक्षाकर्मीका बारेमा पार्टीको संघर्स समितीले नोटीसमा राख्ने जानकारी समेत गराउदछौं,’
      प्रेसनोटमा उल्लेख छ ।

        कमेन्टहरु