देश

    राष्ट्रिय सभा बैठक आज दिउँसो १ बजे बस्दै, यस्तो छ कार्यसूची

    नवलपुर टुडे
    २०७९ असार १० | बिहान ०६:०३ बजे

      काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ। दिउँसो १ बजे बैठक बस्ने राष्ट्रिय सभा सचिवालयले जनाएको छ। बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९ टेबुल गर्ने कार्यसूची रहेको छ।

      स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले ‘कोभिड–१९ संकट व्यवस्थापन विधेयक, २०७८, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक, २०७९ टेबुल गर्नेछन्। स्वास्थ्यमन्त्री खतिवडाले नै ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि सदनमा दफावार छलफलका लागि प्रस्तुत गर्नेलगायत कार्यसूची रहेको छ।

      photo 2022 06 24 06 51 31

        कमेन्टहरु