देश

    बारामा पाँच वर्षीया बालिका बलात्कृत, १८ वर्षीय किशोर पक्राउ

    नवलपुर टुडे
    २०७९ असार ९ | मध्यान्ह ०१:०३ बजे

      बारा, असार ९ । बारामा ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक किशोरलाई पक्राउ गरेको छ ।

      प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका–२२ चकरी बस्ने १८ वर्षीय किशोरलाई बुधबार राति पक्राउ गरेको हो । उनले ती बालिकालाई घरमा कोही नभएको मौका छोपी ललाई फकाई जंगलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

      इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु