भक्तपुरमा टिपर र मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु

नवलपुर टुडे
२०७९ असार ९ | बिहान ०९:०३ बजे

काठमाडौं, असार ९ । भक्तपुरको सूर्यविनायक नगरपालिका – ८ स्थित आदर्शचोकमा टिपर र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
सुर्यविनायकबाट जगातीतर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको टिपर आज बिहान सवा २ बजे आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका उनीहरुको भक्तपुर अस्पतालमा उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ । मृत्यु हुने दुवै जना मोटरसाइलमा सवार थिए ।
मृतकको सनाखत हुन बाँकी रहेको प्रहरी वृत्त जगातीले जनाएको छ । ट्रिपर चालकलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।





