देश

    सुर्खेतमा जल तथा मौसम विज्ञान कार्यालयको जीप दुर्घटना हुँदा एकको मृत्यु

    नवलपुर टुडे
    २०७९ असार ८ | मध्यान्ह ०६:०३ बजे

      सुर्खेत, असार ८ । सुर्खेतमा जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो गोढीकाँडाबाट वीरेन्द्रनगर आउँदै बा १ झ ८७८४ नम्बरको बोलेरो जीप सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – ७ कपासेमा दुर्घटना भएको हो । उक्त जीपमा ५ जना यात्रु सवार रहेका थिए ।

      जसमध्ये चार जना घाइते र एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी सुरज कार्कीले जानकारी दिए । मृत्यु हुनेमा रुकुम पश्चिमका २८ वर्षीय धर्मराज बुढाथोकी रहेको उनले बताए । घाइतेहरूलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको थियो । बुढाथोकीको उपचारको क्रममा मृत्यु भएको डीएसपी कार्कीले बताए ।

      ब्रेक फेल भएर गाडी सडकभन्दा २५ फिट तल खसेको थियो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

        कमेन्टहरु