अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २८० पुग्यो

नवलपुर टुडे
२०७९ असार ८ | मध्यान्ह ०१:०३ बजे

काठमाडौ, असार ८ । अफगानिस्तानमा भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २८० पुगेको छ । यसबारे त्यहाँको सरकारी समाचार एजेन्सीले जानकारी दिएको छ । सामाजिक सञ्जालमा प्रकाशित समाचारमा पक्तिका प्रान्तका विध्वंश देखिएको छ ।
दुर्गम क्षेत्रमा हेलिकोप्टरले पीडितलाई अस्पताल पुर्याइरहेको पनि देख्न सकिन्छ । स्थानीय बख्तर समाचार एजेन्सीले मृतकको संख्या बढ्न सक्ने बताउँदै ६ सयभन्दा बढी घाइते भएको जानकारी दिएको छ ।
स्थानीय समयानुसार मंगलबार राती साढे एक बजे दक्षिण पूर्वी शहर खोस्टबाट ४४ किलोमिटर टाढा भूकम्प गएको थियो । एजेन्सी





