जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको गेट नजिकै शंकास्पद वस्तु भेटियो

नवलपुर टुडे
२०७९ असार ८ | मध्यान्ह ०१:०३ बजे

हुम्ला, असार ८ । हुम्लाका सदरमुकाम सिमकोटस्थित स्वास्थ्य कार्यालयको गेट नजिकै खेतमा शंकास्पद वस्तु भेटिएको छ । कृषक सोनाम लामाको खेत जोत्ने क्रममा शंकास्पद वस्तु भेटिएपछि जिल्ला प्रहरी कार्यलय सिमकोटलाई खबर गरेको कृषक लामाले बताए ।
खेतमा भेटिएको शंकास्पद वस्तु सशस्त्र माओवादी युद्धको बेला राखिएको पाइप बम हुन सक्ने स्थानीयवासीको आशंका छ । तर, जिल्ला प्रहरी कार्यालय हुम्लाले भने अहिले नै बम हो भन्न नसकिने, तर शंकास्पद वस्तु रहेको जनाएको छ ।
नेपाली सेनाको डिस्पोजल टोली शंकास्पद वस्तु भेटिएको स्थान पुगेको जिल्ला प्रहरी कार्यालय हुम्ला डिएसपी कृष्णाराज ओझाले जानकारी दिए ।





