झापामा सर्पदंशबाट एक किशाेरकाे मृत्यु

नवलपुर टुडे
२०७९ असार ८ | बिहान ११:०३ बजे

झापा, असार ८ । विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलामा एक किशोरको मृत्यु भएको छ ।
हात्ती धपाउन निस्केका १५ वर्षीय अजित तामाङको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सर्पदंशबाट सिकिस्त तामाङको उपचारका क्रममा चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा मृत्यु भएको बताइएको छ । रासस





