मधेश प्रदेश, समाज

    प्रबासी कुशवाहा कल्याण समाज मलेसियाद्वारा पीडित परिवारलाई आर्थिक सहयोग

    नवलपुर टुडे
    २०७९ असार ८ | बिहान ०९:०३ बजे

      महेश सिंह
      सिरहा, लहान ८ असार । सिरहामा सडक दुर्घटनामा परि ज्यान गुमाएका मृतक पीडित परिवारलाई प्रबासी कुशवाहा कल्याण समाज मलेसियाद्वारा आर्थिक सहयोग गरेका छन । सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर – ५ का राम सेवक महतोको २१ बर्षीय छोरा सहदेब महतोलाई हुलाकी राजमार्ग अन्तर्गत बरियारपट्टी गाउँपालिका खोकसी जानकी नगरस्थित ट्याक्टर दुर्घटनामा परेर गत बैशाख १९ गते घटना स्थलमै मृत्यु भएको थियोे।

      मृतकको बुवा राम सेवक महतोलाई घर परिवार चलाउन प्रवासी कुशवाहा कल्याण समाज मलेसियाद्वारा पीडित परिवारलाई २१,०००/- हजार सहयोग गरेका छन्। पीडित परिवारहरुलाई सहयोग गरेको प्रवासी कुशवाहा कल्याण समाज मलेसियाको अध्यक्ष प्रमोद महतोले जानकारी दिनु भयो। सहयोगमा निबर्तमान अध्यक्ष गुरु दयाल कुशवाहा र नेपाल कुशवाहा कल्याण समाज सिरहा क्षेत्र नम्बर – २ का अध्यक्ष सुरेन्द्र कुमार महतो कुशवाहाले जानकारी दिनुभयो।

      सानै उमेरदेखि वाईरिङ्गको काम गर्दै आएका उनी बिवाहको टेन्ट हाउसको सामान बोकेको गाडीमा बसेर काम गर्न जादै गरेको गाडी दुर्घटना हुदाँ महतोको घटना स्थलमै मृत्यु भएको थियो।

      पीडित महतोलाई घरको ३ जना सन्तान मध्ये जेठो छोरा रहेको थियोे । पीडित महतोको २ छोरा मध्ये १ छोरा र १ छोरी छिन् । घरको अवस्था निकै कमजोर रहेको महतोको जेठो छोराले घर परिवार चलाउन सानै उमेर देखि ज्याला मजदुरीको काम गर्दै आएका थिए । घरको जेठो छोरा गुमाएपछि मृतकको बुवालाई घर परिवार चलाउन निकै कठिन रहेको छ । पुत्र शोकमा रहेका महतोलाई प्रबासी कुशवाहा कल्याण समाज मलेसियाले आर्थिक सहयोग गरेको हो ।

      photo 2022 06 22 08 57 06

        कमेन्टहरु