देश

    सिरहा जिससको सभापतिमा महतो निर्वाचित

    नवलपुर टुडे
    २०७९ असार ८ | बिहान ०७:०३ बजे

      महेश सिंह
      सिरहा । जिल्ला समन्वय समिति सिरहामा नेकपा (एमाले) र जनता समाजवादी पार्टी, नेपालको गठबन्धनको पुरा प्यानल नै निर्वाचित भएको छ । सभापतिमा जसपाका दिनेश महतो र उपसभापतिमा एमालेका दिलिप लामा निर्वाचित भएको जसपाकी मधेश प्रदेश समिति सदस्य ललिता दास बिद्रोहीले जानकारी दिईन्।

      सभापतिको उमेदवार दिनेश कुमार महतोले जम्मा २६ मत ल्याएको थियो भने उप-प्रमुखको उमेदवार दिलिप लामाले जम्मा २५ मत ल्याएका थिए । काङ्ग्रेसका सभापति उमेदवार मनोज कुमार गुप्ता जम्मा ७ मत ल्याएका थिए । जिल्ला सभापतिमा दिनेश महतो र उप-सभापतिमा दिलिप लामा निर्वाचित भएका छन्।

      त्यसै गरी सदस्यहरूमा एमालेका गिता कुमारी पासवान, सोनाबती कुमारी महरा, रबिन्द्र महतो र सूर्यनाथ यादव तथा जसपाबाट शोभा कुमारी यादव र जानकी यादव र सुरेश यादव निर्वाचित भएका छन्।

      जिल्ला समन्वय समिति सिरहामा गठबन्धन गर्नको लागि एमालेका नेता तथा पूर्वमन्त्री लिलानाथ श्रेष्ठ र जसपाकी नेतृ रेनु यादवले सक्रिय भूमिका निर्वाह गरेका थिए।निर्वाचनमा गठबन्धनले दोब्बर मतले निर्वाचित भएका छन्।

        कमेन्टहरु