समाचार

    लागुऔषधसम्बन्धी उत्कृष्ट समाचार लेख्ने तीन पत्रकारलाई पुरस्कार दिने

    नवलपुर टुडे
    २०७९ असार ८ | बिहान ०७:०३ बजे

      काठमाडौं, असार ८ । गृह मन्त्रालयले पत्रकारहरूलाई पुरस्कारका लागि आवेदन पेश गर्न आग्रह गरेको छ । मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै पत्रकारहरूलाई पुरस्कार दिने भन्दै इच्छुक व्यक्तिलाई समाचारसहित आवेदन पेस गर्न भनिएको हो ।

      लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा लागुऔषधको क्षेत्रमा उत्कृष्ट समाचार लेखन तथा रिपोर्टिङ्ग गर्ने तीनजना पत्रकारलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

      यसका लागि इच्छुक पत्रकारलाई असार १० गतेभित्र आवश्यक कागजातसहित आवेदन पेश गर्न गृह मन्त्रालयले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

      photo 2022 06 22 06 56 26

        कमेन्टहरु