देश

    अर्घाखाँचीको शितगंगामा जीप दुर्घटना हुँदा ६ जना घाइते

    नवलपुर टुडे
    २०७९ असार ७ | मध्यान्ह ०३:०३ बजे

      बुटवल, असार ७ । अर्घाखाँचीको शितगंगा नगरपालिका- १४ करेचुलीमा जीप दुर्घटनामा हुँदा ६ जना घाइते भएका छन् । आज बिहान करिब ९ बजे शितगंगाबाट सालझन्डीतर्फ जाँदै गरेको लु१ज १९४८ नम्बरको जीप करेचुलीमा दुर्घटना भएको हो ।

      दुर्घटनामा परी अर्घाखाँची शितगंगा- १४ करेचुलीका ४० वर्षीय मनकला दर्लामी, पाल्पा रैनादेवी छहरा- ८ का जीप चालक २३ वर्षीय ज्ञानबहादुर रेश्मी, शितगंगा- १४ का सहचालक २२ वर्षीय खुमन सूर्यवंशी, सोही ठाउँका नन्दबहादुर घर्ती, शितगंगा- १३ मुसियानका ६० वर्षीय टेकबहादुर रजाली र उनकी श्रीमती ४९ वर्षीय दिलकला रजाली घाइते भएका छन् ।

      ओरालो सडकमा जीप अनियन्त्रित भइ सडकबाट करिब ३० मिटर तल खसेको छ । गम्भीर घाइते मनकलालाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएको छ । अन्य ५ जनाको सामुदायिक अस्पताल कपिलवस्तुमा उपचार भइरहेको छ ।

        कमेन्टहरु