देश

    सर्लाहीमा धारिलो हतियार प्रहार गरी युवकको हत्या

    नवलपुर टुडे
    २०७९ असार ७ | बिहान ११:०३ बजे

      सर्लाही, असार ७ । सर्लाहीको कविलासी नगरपालिका वडा नं ८ मा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

      शव सोही स्थानका राम केवल ठाकुरका अन्दाजी २३/२४ वर्षीय छोरा अमरेन्द्र ठाकुरको रहेको जिल्ला प्रहरी कार्यालय मलङ्वा सर्लाहीले जनाएको छ । उनको शव रगतले लतपतिएको अवस्थामा अगर्वा बजारभन्दा पश्चिम सडकको किनारमा फालिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

      अहिले कुकुरसहित विशेष टोली बोलाएर अनुसन्धान भइरहेको बुढाथोकीले बताए । थप अनुसन्धान पछि मात्र अन्य कुरा भन्न सकिने उनको भनाइ छ ।

        कमेन्टहरु