मुख्य समाचार

    जनकपुरधामकाे बाँसबारी रेष्टुरेन्ट एण्ड क्याफेमा आगलागी

    नवलपुर टुडे
    २०७९ असार ७ | बिहान १०:०३ बजे

      धनुषा, असार ७ । जनकपुरधाममा एक रेष्टुरेन्टमा आगलागी भएको छ । मंगलबार बिहान जनकपुरधाम स्थित भैरव चोकमा रहेको बाँसबारी रेष्टुरेन्ट एण्ड क्याफेमा आगलागी भएको हो ।

      नेपाली सेना र प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा आएको छ । भान्छाघरबाट लागेको आगोले रेष्टुरेन्टका सम्पुर्ण सामग्री जलेर नष्ट भएको छ । आगलागीबाट १५ लाख रुपैयाँ बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको धनुषाका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।

      आगलागीको कारण अहिलेसम्म नखुलेको उनले बताए ।

        कमेन्टहरु