देश

    रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

    नवलपुर टुडे
    २०७९ असार ६ | मध्यान्ह ०७:०३ बजे

      बुटवल, असार ६ । रूपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

      भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु ८३ प ९८४५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कपिलवस्तु महाराजगन्ज ९ का २४ वर्षीय वसन्त चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

      लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सडकमा गुडिरहेको उक्त मोटरसाइकल अनियन्त्रित भई डिभाइडरमा ठक्कर खाँदा दुर्घटनामा परेको हो । अपराह्न ४ बजेतिर उक्त दुर्घटना भएको हो ।

      चौधरीको घटनास्थलमा नै मृत्यु भएको र उनको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु