मुख्य समाचार

    विद्युत प्राधिकरण केन्द्र गोरखामा कार्यरत कर्मचारीको करेन्ट लागेर मृत्यु

    नवलपुर टुडे
    २०७९ असार ६ | मध्यान्ह ०४:०३ बजे

      गोरखा, असार ६ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गोरखामा काम गर्ने एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ ।

      गोरखाको सिरानचोक गाउँपालिका – ५ जरेवरमा चोरी गरेर लगिएको हुकिङ लाइन छुटाउने क्रममा ताप्लेजुङ घर भइ हाल गोरखामा कार्यरत ३२ वर्षीय रामकुमार लिम्बुलाई सोमबार दिउँसो करेन्ट लागेको हो ।

      करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लाँदै गर्दा बाटोमै मृत्यु भएको विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख नेत्रमणी न्यौपानेले बताए । लिम्बु विगत सात/आठ वर्ष देखि विद्यूत प्राधिकरण वितरण केन्द्र गोरखामा कार्यरत छन् ।

      उनी ज्यालादारी प्राविधिक कर्मचारी रहेको प्रमुख न्यौपानेले बताए । शव पोष्टमार्टमका लागि गोरखा अस्पताल लगिएको छ ।

        कमेन्टहरु