कपिलवस्तुको धानखोलामा पहिरोले बगाएर दुई भारतीय युवक बेपत्ता

नवलपुर टुडे
२०७९ असार ६ | मध्यान्ह ०२:०३ बजे

रूपन्देही । कपिलवस्तुको शिवराज नगरपालिका–१ स्थित धानखोलामा पहिरोले बगाएर दुई जना भारतीय नागरिक बेपत्ता भएका छन् ।
प्यूठानको स्वर्गद्वारी दर्शन गरी फर्किदै गरेका भारतको सिद्धार्थनगर जिल्लाका वर्ष १७ का निखिल कौशाल र वर्ष १८ का सुरज सोनी बेपत्ता भएका हुन् । उनीहरु गाडीबाट झरेर खोला तर्ने क्रममा पहिरोले बगाएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने उक्त खोलामा लु २ ख २७१६ नम्बरको फोर्स गाडीबाट झरेर खोला तर्दा उनीहरुलाई अचानक आएको पहिरोले बगाएको हो । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।





