पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै बुटवलमा अनेरास्ववियुको प्रदर्शन

नवलपुर टुडे
२०७९ असार ६ | बिहान १०:०३ बजे

रुपन्देही । नेकपा एमाले निकट अनेरास्ववियुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै बुटवलमा प्रदर्शन गरेको छ ।
सोमबार बिहान बुटवल बहुमुखी क्याम्पस अगाडि अनेरास्ववियुका कार्यकर्ताले सडकमा विरोध गर्दै केहिबेर यातायात बन्द गर्नुका साथै टायर बालेर नाराबाजी गरेका हुन् । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि गरेपछि विद्यार्थीहरूले विरोधमा उत्रिएका हुन् ।
सरकारले जनतालाई राहत दिनुको सातो एकैपटक भारीरूपमा मूल्यवृद्धि गरेर ढाड सेकेको अनेरास्ववियु रुपन्देही अध्यक्ष शेषकान्त पोखरेलले बताए । सरकारले मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी रहने उनको भनाई छ ।
नेपाल आयल निगमले आइतबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि गरेको थियो ।





