समाचार

    सिरहाको गोलबजारमा करेन्ट लागेर एक मजदुरको मृत्यु

    नवलपुर टुडे
    २०७९ असार ५ | मध्यान्ह १२:०३ बजे

      सिरहा, असार ५ । सिरहामा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ । आइतबार बिहान गोलबजार नगरपालिका – १ का २६ वर्षीय गोपाल पूर्वेको करेन्ट लागेर मृत्यु भएको हो ।

      गोलबजार नगरपालिका–६ का मनोजकुमार सिंहको घर प्लाष्टर गर्न बाँस ठड्याउने क्रममा विद्युतको नांगो तारमा ठोकिँदा पूर्वेलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि स्थानीय स्वास्थ्य केन्द्रमा पुर्‍याउदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

      उनको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गोल बजारका प्रहरी निरीक्षक राजु केसीले जानकारी दिए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

        कमेन्टहरु