भुटानी शरणार्थीका नेता भम्पा राईको निधन

नवलपुर टुडे
२०७९ असार ५ | बिहान ०९:०३ बजे

काठमाडौं, असार ५ । भुटानी शरणार्थी नेता डा. भम्पा राईको निधन भएको छ । झापामा बस्दै आएका नेता राईको गएराती २:४० बजे ७५ वर्षको उमेरमा निधन भएको हो ।
उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । पाँचदिन अघि झापाको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका लागि भर्ना भएका राईको हर्नियाको शल्यक्रिया गरिएको थियो । शनिबार दिउँसो उक्त अस्पतालमै राईको स्वास्थ्यमा झनै समस्या देखिएपछि विराटनगर रिफर गरिएको थियो ।
विराटनगरमा उपचारकै क्रममा आज बिहान उनको निधन भएको हो । उनले ३० वर्षदेखि झापामा रहेका भुटानी शरणार्थीको स्वेदश फिर्ताको आन्दोलनको नेतृत्व गर्दै आइरहेका थिए ।





