देश

    सल्यानमा जन्ती बोकेको जीप दुर्घटना, ६ जना घाइते

    नवलपुर टुडे
    २०७९ असार ५ | बिहान ०७:०३ बजे

      सल्यान, असार ५ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका – ४ देउलीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

      बनगाड कुपिण्डे नगरपालिका ४ देउलीबाट डोप्के जाँदै गरेको भे १ ज १०२१ नम्बरको जीप गएराति दुर्घटना भएको हो । दुर्घटनामा परी बनगाड कुपिण्डे नगरपालिका ४ देउलीका ३२ वर्षीय मोतिलाल बुढा, ५७ वर्षीय मने बुढा, ६९ वर्षीय सहदेव बुढा, ५० वर्षीय चित्रबहादुर बुढा, १० वर्षीया हरिमाया बुढाथोकी र १५ वर्षीय गोपाल बुढा घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

      घाइतेको सल्लीबजारमा उपचार भइरहेको छ। घाइतेमध्ये मोतिलाल बुढाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुमित खड्काले बताए । उनका अनुसार जीप एक्कासी अनियन्त्रित भई सडकमा पल्टिएको हो। जीप चालक फरार रहेका छन्।

        कमेन्टहरु