समाचार

    पटकपटक समाचार प्रकाशित भएपनि कपिलवस्तुमा राेकिएन काठ तस्करी

    नवलपुर टुडे
    २०७९ असार ४ | बिहान ०८:०३ बजे

      कपिलवस्तु । विभिन्न संचारमाध्यममा पटक पटक समाचार प्रकाशन भएपनि कपिलवस्तुको ठाकुरापुर प्रहरी र बन रेन्जर पाेष्टले कुनै सक्रियता नदेखाए पछि काठ तस्करी निरन्तर भैरहेको छ । काठब्तस्करी निरन्तर भैरहेकोले सेटिङबाट तस्कर भएको पुष्टि हुन्छ ।

      कपिलवस्तु विजयनगर गाउँपालिका र कृष्णनगर नगरपालिका नेपालको कपिलवस्तु र भारतकाे बलरामपुर जिल्लामा फैलिएकाे सुहेलवा बन्यजीव अभ्यारणय संरक्षित जंगलबाट तस्करहरुले बेलुकी काठका गुलिया बाेर्डरकाे किनारमा रहेको बगैचा र परालमा लुकाएर राख्ने गरेको पाईएको छ । ती काठ तस्करहरुले राति ८ देखि ४ बजेभित्र नजिकका काठ उद्योगमा पुर्‍याएर माेटाे रकम कमाउने गरेकाे स्राेतले बताएकाे छ ।

      काठ तस्करीबारे सुरक्षा निकाय पनि अनविज्ञ छैन्न । कृष्णनगर इलाका प्रहरी कार्यालय, गणेशपुर इलाका प्रहरी कार्यालयको क्षेत्र भित्रै अवैधरुपमा काठ भित्र्याउने भनेकाे दुई देश बीचमा भएकाे बन्यजन्तु संरक्षण सम्बन्धी सान्धि सम्क्षाैता विपरित कार्य हाे । जंगलबाट राति तस्करहरु काठका गाेलिया भारत तिरकाे पिपरा परसुरामपुरघाट, नारायणपुर, गेडुवजोत र दत्तापुरघाट हुँदै नेपालका मानपुर, नारायणपुर गाउँका काष्ठ उद्योगहरुसम्म पुर्याउछन ।

      वन्यजीव संरक्षित जंगललाई मास्न पल्केका तस्करहरुलाई नरोक्नुले सेक्टर बन र प्रहरी कार्यालय ठाकुरापुरकाे पनि मिलिमताे रहेकाे स्थानीयहरुले बताएका छन ।

        कमेन्टहरु