लहानमा बजार अनुगमन, अधिकाँश होटलमा म्याद गुज्रिएका खाद्य बस्तु


लहान, ३ असार । लहान नगरपालिकामा बजार अनुगमनमा निरन्तरता दिएका छन् । लहानका उपप्रमुख राम चलितर महतोको अनुगमन टोलीले पसल उद्योग अनुगमन गरेका छन्। पैसा तिरे पछि स्वस्थ, स्वच्छ तथा ताजा खानेकुरा पाउँनु पर्ने हो । तर, लहानमा ठीक उल्टो अखाद्य पदार्थबाट बनेको खाना पकवान होटलहरुमा फेला परेको छ ।
बजार अनुगमन समितिले लहानमा अनुगमन गर्दा यस्ता म्याद गुज्रिएको पकवान बनाउने मासु, मैदा, खानेतेल म्याद गुज्रिएको समान फेला पारेको हो । योसँगै लेवल विनाको भुजिया, दही र प्रतिबन्धित दुधको धुलो अनुगमन समितिले फेला पारेको छ । होटलमा पकाउन ल्याउँने मैदा, मासु, खानेतेल, दही नै म्याद गुज्रिएको छ । भने, त्यसबाट बनाउने पकवान त्यसै विषसरह म्याद गुज्रिएको पाईएको हो । यसमा स्टोर तथा डिलरलाई जाँच गर्नुपर्ने हो स्थानीय उपभोक्ता जगदीश मण्डल बताउँछन्।
एक होटलले किराना पसलबाट खानेतेल आजै किनेर ल्याउँदा म्याद गुज्रिएको पाइएको छ । सो निलमनी नामक खानेतेल बजारमा म्याद गुज्रिएको अनुगमन समितिले फेला पारेको छ । त्यसैगरी वीरगन्ज खाद्य परवानीपुर पर्साबाट उत्पादित मैदा अधिकाँश होटलमा म्याद गुज्रिएको फेला पारेको छ । मैदा ४५ दिनभित्रै प्रयोग गर्नुपर्ने लेखिएको भएपनि ६५—७० दिन वितिसकेको फेला पारेको हो ।
त्यसैगरी, फ्रिजमा राखिएको मासु, खुल्ला रुपमा राखिएको तथा झिँगा भंन्केको मासु फेला परेको छ। मासु पसलमा व्यापक फोहोर रहेको र अखाद्य पदार्थको प्रयोग भएको सामान फेला पारेको छ । पशु एग्रो पसलमा समेत म्याद गुज्रिएको औषधी अनुगमन समितिले फेला पारेको छ । मिल्को डेरी उद्योगमा नेपालमा प्रतिबन्धित दुधको पाउडर समितिले फेला पारेको छ । मिल्को डेरीको प्रतिबन्धित दुध पाउडर कमाउन्ड भित्रै नष्ट गरिएको छ । अनुगमन समितिले होटल, मासु पसल, एग्रोभेट, डेरी उद्योगलाई व्यवस्थापन तथा म्याद गुज्रिएको समान नराख्न तथा फोहोर व्यवस्थापन गर्न १५ दिनको समय दिएको छ ।
लहान नगरपालिका पशु विकास शाखाको स्वीकृत कार्यक्रम अनुसार उपमेयर रामचलितर महतोको अगुवाईमा लहान बजार अनुगमन गरिएको छ ।अनुगमन समितिमा खाद्य सुरक्षा तथा गुणस्तर बिकास कार्यालय राजबिराजका सुरेन्द्र कुमार सिंह लहान नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत खेमन्द भुसाल, लहानका पशु बिकास अधिकृत राम कृष्ण यादव, लहान प्राविधिक शिक्षालयका डा.ललित कुमार यादव, लहानका जन स्वास्थ अधिकृत जगदीश मण्डल, पशु बिकास स्वास्थ अधिकृत छैठाे बिशेश्वर प्रसाद चौधरी, ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव निरीक्षक बिरेन्द्र प्रसाद यादव, नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य दिनेश्वर गुप्ता, पत्रकार फिरोज शेख, गोर्खा टेलिभिजनका सिरहा सम्बादाता महेश सिंह, लहान १५ का वडा अध्यक्ष तथा लहान अनुगमनका प्रतिनिधि तेज नारायण चौधरी लगायतका ब्यक्तिहरुले बजार अनुगमनमा सहभागी रहेका थिए ।
बजार अनुगमनलाई निरन्तरन्ता दिने उपमेयर रामचरितर महतो बताउनु भएको छ ।





