देश

    विद्यालय हिँडेकी शिक्षिका स्कुटरसहित खोलामा खसिन्

    नवलपुर टुडे
    २०७९ असार ३ | मध्यान्ह १२:०३ बजे

      काठमाडौं, असार ३ । नुवाकोटको तादी गाउँपालिका–४ स्थित घिरौंले भिरमा विद्यालय हिँडेकी शिक्षिका स्कुटरसहित खोलामा खसेकी छिन् ।

      सुन्दरा माध्यमिक विद्यालय सातबीसेमा अध्यापन गर्ने राधिका आचार्यको शव तादी खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी रुपक खड्काले बताए ।

      दुप्चेश्वर गाउँपालिका–६ की शिक्षिका बा.९७ प ६९२५ नम्बरको स्कुटरमा विद्यालय जाँदै थिइन् । उनको स्कुटर पनि खोलामा फेला परेको छ ।

        कमेन्टहरु