देश

    रोल्पामा बलात्कार आरोपमा एक जनप्रतिनिधि पक्राउ

    नवलपुर टुडे
    २०७९ असार ३ | बिहान १०:०३ बजे

      रोल्पा । एक बालिकालाई करणी गरेको आरोपमा रोल्पाका एक जनप्रतिनिधि पक्राउ परेका छन्।

      पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका -६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी रहेका छन । गत जेठ ३० गते केसीले बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

      केसीलाई पक्राउ गरी रोल्पा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

        कमेन्टहरु