देश

    शंकाको घेरा भित्र म – ग्याल्जेन दोर्जे

    जगत ठाडा मगर
    २०७७ माघ १८ | बिहान १०:१० बजे

      शंकाको घेरा भित्र आफैलाई थुनेर हेरे ।
      जहाँ बिश्वासको पर्खाल जिर्ण अबस्थामा थिए ।
      त्यो बिश्वासको पर्खाल कुनै पनि बेला भत्केर ।
      मै माथी बज्रापात हुन सक्थ्यो ।

      मलाई डर थियो ।
      मैले खादा, पिउदा, हिड्दा, बोल्दा र सुत्दा कतै मृत्युको सम्बाहकहरुसंग अंगालिरहेको त छैनौ ।
      मृत्यु संग लड्दा लड्दै कतै मृत्युले नै मलाई
      जित्ने त होइन ।

      मैले चिन्थे मुड्की लुकाई ताली पिट्नेहरु ।
      मेरो गल्तीमा सजाय दिने सच्याई दिनेहरु ।
      शब्दको नायक, कर्मको खलनायकहरु ।
      अब ती दुष्टहरुबाट बिदाई हुनु छ ।
      मेरो बिश्वास र आस्थाको धरोहरलाई ।
      चोमोलुङको सर्बोच्च शिखरबाट आकाश छुवाई फहराउनु छ ।

      लेखक✏️: Gyalzen Dorje Tamang
      हाल????: नख्खु कारागार, काठमाडौ

        कमेन्टहरु